काठमाडौं । एनआईसी एशिया बैंकले बाजुराको घटमुना बजारमा ७ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यु.के.एड एक्सेस टु फाईनान्स सँगको सहकार्यमा बाजुरामा बिहीबार देखी शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवाको उदघाटन गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले गरेको थियो । बैंकले सोही अवसरमा कलक बहादुर रोकायालाई प्रतिनिधिको रुपमा नियुक्त गरेको छ…