काठमाडौं । नबिल बैंकले तिहारमा पनि सामाजिक सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । बैंकले सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि तिहार भिडियो सार्वजनिक गरेको हो । नबिल बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो । जसलाई सबैले धेरै मनपराएको थियो । उक्त भिडियोमा देखाइएको…