Logo

एनआईसी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न, स्वदेशी लघुवित्तसँगको मर्जर सम्झौता पारित

एनआईसी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न, स्वदेशी लघुवित्तसँगको मर्जर सम्झौता पारित



काठमाडाैं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्राे वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

एनआईसी लघुवित्तकाे रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा आयोजना गरिएको तेश्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको हाे ।

वार्षिक साधारण सभाका अवसरमा संस्थाको आ.ब. २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ.ब. २०७६/७७ को नाफा-नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसुचीहरु परित भएको छ ।

साथै एनआईसी लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था लि. बीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ । त्यसैगरि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभाले पारित गरिएकाे पनि कम्पनीले जनाएकाे छ ।

त्यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भइ सञ्चालक पदमा नियुक्त भएकाे सुचना अधिकृत प्रह्लाद चन्द्र निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL