Logo

ग्लोबल आइएमई लघुवित्तले २८.९२ प्रतिशत लाभांश दिने घोषणा

ग्लोबल आइएमई लघुवित्तले २८.९२ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २८.९२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी २५ करोड ९७ लाख ७५ हजार २ सय २५ रुपियाँ रहेको छ ।

laxmi

आइतबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ को असार मसान्तसम्मको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको २७.४७ प्रतिशत बोनस शेयर र १.४५ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले बताउनु भएको छ ।

 राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने कम्पनी सचिव कुँवरले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL