Logo

एलिट क्यापिटलको साधारणसभा, अध्यक्षमा दिनेश आचार्य निर्वाचित

एलिट क्यापिटलको साधारणसभा, अध्यक्षमा दिनेश आचार्य निर्वाचित



काठमाडौ । एलिट क्यापिटल लिमिटेडको प्रथम साधारणसभा शुक्रबार सम्पन्न भएको छ । शुक्रबार शंकर होटल लाजिम्पाटमा भएको साधारणसभाले नयाँ संचालक समिती समेत निर्बिरोध चयन गरेको छ ।

नवनिर्वाचित संचालक समितिमा अध्यक्ष दिनेश आचार्य, संचालकहरु बोध प्रसाद त्रिपाठी, राजन लम्साल र कुमार पौडेल निर्विरोध निर्वाचित भएका हुन ।

गत बर्ष स्थापना भएको सो सस्था सेयर बजारका सकृय लगानिकर्ताहरुको सहकार्यमा गैरआवासीय नेपालीहरुको लगानीमा संचालित छ ।

मर्चेन्ट बैकरको रुपमा कारोबार शुरु गर्ने तयारी गरिरहेको सो क्यापिटललाई नेपाल धितोपत्र बोर्डले संचालनका लागि सैधान्तिक सहमती (एलओआई) दिइसकेको छ ।

सो क्यापिटलले लगानी ब्यवस्थापन, कर्पोरेट एडभाईजरी, अन्डरराईटिङ र डिपी खाता संचालन सेवा प्रदान गर्ने तयारी गरिरहेको छ ।

बाणिज्य बैंकहरुको मर्जरका कारण पछिल्लो समय आधा दर्जन बढी मर्चेन्ट बैंकर घटिसकेको छ । सिभिल क्यापिटल, सेन्चुरी क्यापिटल, एनबी क्यापिटल, बिओके क्यापिटल, जनता क्यापिटल, समृद्दी क्यापिटल, कृति क्यापिटल र मेगा क्यापिटल मर्जर भएर खारेजीमा गैसकेका छन ।

मर्चेन्ट बैंकरको संख्या घटिरहेको बेला सेयर मार्केटका चर्चित लगानीकर्ताहरुको पहलमा स्थापित यस सस्थाले बजारमा नयाँ योगदान दिने कुरामा बिश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL