Logo

स्वरोजगार र जनकपुर लघुवित्तको एकीकृत कारोबार शुरु, अब स्वरोजगारको नामबाट कारोबार हुने

स्वरोजगार र जनकपुर लघुवित्तको एकीकृत कारोबार शुरु, अब स्वरोजगारको नामबाट कारोबार हुने



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थाको आजदेखि एकीकृत कारोबार शुरु गरेका छन् । एकीकृत कारोबार स्वरोजगार लघुवित्तको नामबाट भएको छ । एकीकृत कारोबार सुरु भएकै दिन कम्पनीका सम्पूर्ण कार्यालयको सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्राप्ति पश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ५ , काभ्रेपलाञ्चोकमानै रहनेछ । यी दुवै कम्पनीलाई एकीकृत कारोबारका लागि असोज २ गते नेपाल राष्ट्रबैंकले स्वीकृति दिएको थियो ।

जनकपुर लघुवित्त वित्तीय संस्थाको १०० कित्ता शेयर बराबर स्वरोजगार लघुवित्तको ७० कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार यी दुई कम्पनी एक भएका हुन । प्राप्ति पश्चात बनेको कम्पनीको चुक्ता पूँजी ३७ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL