Logo

गुडविल फाइनान्सको २६औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव सर्वसम्वत रुपमा पारित

गुडविल फाइनान्सको २६औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव सर्वसम्वत रुपमा पारित



काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १२५ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

laxmi

सस्थाका अध्यक्ष विश्व प्रकाश साखले प्रस्तुत गरेको आ.ब.२०७६÷०७७ को आय व्यय विवरण तथा उक्त आ.ब.को नाफाबाट ८.४५ बोनस सेयर तथा ३.६५ नगद लाभांश गरि १२५ वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको हो ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८५ ले वृद्धि गरी रु. ८,४९,३९,९८,७१७ तथा कर्जा तर्फ १५.८८ ५ले वृद्धि गरी रु. ६,८४,०५,४५,५०४ पु¥याएको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९का कारण उत्पन्न हुन गएको परिस्थितीका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षाजनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिफल दिन सकेको सभामा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
MBL