Logo

आइसीएफसी फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

आइसीएफसी फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित



काठमाडौँ । आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०७८-७९को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत (५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।

वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९÷८०को लागि बाह्य लेखा पपरीक्षकमा एन.अमात्य एन्ड कम्पनी चार्टर एकाउन्टेन्टलाई नियुक्त गरेको छ ।

चुक्ता पुँजी रु.एक अर्ब बाह्र करोड एकहत्तर लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र २० वटा एटिएम मार्फत १ लाखभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालु आवसम्म रु. १८ अर्ब ७७ करोड निक्षेप सङ्कलन र रु. १३ अर्ब ८८ करोड कर्जा प्रवाह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL