Logo

चितवन महानगरको फलफूल तथा तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा शुरु

चितवन महानगरको फलफूल तथा तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा शुरु



काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यसहित महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवन क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानी सेवा शुरु गरेको छ ।

laxmi

एनएमबि बैंकको वागमति प्रदेश प्रमुख गणेश पराजुलीले चितवनको क्षेत्रपुरमा रहेको फलफूल तथा तरकारी बजारका व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका छन् ।

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL