Logo

ग्लोबल आइएमई बैंकको एटिएम सेवा लिवाङको आर्मी व्यारेक परिसरमा, एटिएम संख्या २४० पुग्यो

ग्लोबल आइएमई बैंकको एटिएम सेवा लिवाङको आर्मी व्यारेक परिसरमा, एटिएम संख्या २४० पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले लिवाङ जिल्लास्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ ।

laxmi

उक्त नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २ सय ४० पुगेको छ ।
उक्त एटिएम सेवा खड्गदल गण , लिबाङ रोल्पा का प्रमुख सेनानी सुधिर केसीले उद्घाटन गरेका छन् ।

बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २ सय ६४ शाखा सञ्जाल सहित २ सय ४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ४३ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL