Logo

प्रभु बैंकलाई ग्राण्ड किन्न राष्ट्र बैंकले रोक्यो, मर्जरमा जान आग्रह

प्रभु बैंकलाई ग्राण्ड किन्न राष्ट्र बैंकले रोक्यो, मर्जरमा जान आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

प्रभु बैंकले ग्राण्ड बैंकलाई एक्विजिसन गर्ने प्रक्रियालाई नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । यी दुई बीच बैंकको खरिद एक्विजिसन प्रक्रिया नमिलेकाले रोकिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए । ‘बैंक तथा वित्तीय संस्था प्राप्ती ऐन अनुसार बैंकको सेयर पुँजी मुल्याङ्कन प्रक्रिया मिलेको छैन,’ उनले भन, ‘प्रभु र ग्रान्डको डिडिएभन्दा फरक मूल्यमा खरीद बिकी सम्झौता भएकाले एक्विजिसन गर्न मिल्दैन ।’

यी दुवै संस्थाले साउन १२ गते एक्विजिसनको लागि अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका थिए । तर, उनीहरुको एक्विजिसन प्रक्रिया नै नमिलेकाल स्वीकृति नदिइएको पंगेनी बताउँछन् । साथै, राष्ट्र बैंकले यी दुवै बैंकलाई खरिद प्रक्रिया छाडेर मर्जरमा जान सुझाव दिएको छ । राष्ट्र बैंकले केही समय अघि यी दुवै बैकलाई एक्विजिसनका लागि सैदान्तिक सहमाति दिएको थियो ।

अव मर्जरमा जाँदा दुवै बैंकले सुरुबाटै प्रकृया थाल्नु पर्ने हुन्छ । एक्विजिसन नीति अनुसार सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन डिडिएबाट कायम भएको मुल्यमा नै एउटाले अर्कोलाई खरीद गर्न सक्ने थियो । मर्जरबाट जाँदा दुबै बैंकले फेरी विशेष साधारणसभा डाकेर मर्जर प्रस्ताव अनुमोदन गराउनु पर्छ । एक्वीजिसन प्रकृया रोकिएपछि नेपाल स्टक एक्सचेन्जले प्रभु बैंकको सेयर कारोवार समेत रोक्का गरिदिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL