Logo

मेगा बैंकले ल्यायो सस्तो ब्याजदरमा कर्जा सुविधा, ८.३२ प्रतिशत ब्याजदरमै कर्जा पाईने

मेगा बैंकले ल्यायो सस्तो ब्याजदरमा कर्जा सुविधा, ८.३२ प्रतिशत ब्याजदरमै कर्जा पाईने



काठमाडौं । मेगा बैंकले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ ।

बैंकको दशौं बार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई ८ दशमलवप ३२ प्रतिशत ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो । अब साना तथा मझौला व्यवसायीहरुले एक करोडसम्मको कर्जा लिँदा ८ दशमलव ३२ प्रतिशत ब्जाजदरमै कर्जा पाउनेछन् । यो ब्याजदर एक बर्षसम्म नबढ्ने बैंकल जानकारी दिएको छ ।

आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने ब्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । मेगा बैंकका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ । कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने मेगा बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL