Logo

महालक्ष्मी विकास बेैंकको सामाजिक उत्तरदायित्व, विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बेैंकको सामाजिक उत्तरदायित्व, विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंक लिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

laxmi

सोही कार्यलाई निरन्तरता दिँदै बैंकका भैरहवा र नारायणगढ शाखाले क्रमश. रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. ९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका वडा न. ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि रु. एक लाख पचास हजार (रु.१,५०,०००) रुपैयाका दरले जम्मा रु. तीन लाख (रु.३,००,०००) रुपैयाको आर्थिक सहयोग प्रदान गरेका छन ।

यहि जेठ २९ गते भानु माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बंैकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्घार्थनगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।

त्यसैगरी जेठ ३० गते महालक्ष्मी विकास बैंकको नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक वीरेन्द«कुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL