Logo

प्रोग्रेशिभ फाइनान्सको अफर, सम्पूर्ण कर्जाको ब्याजदरमा २ प्रतिशतसम्म छूट

प्रोग्रेशिभ फाइनान्सको अफर, सम्पूर्ण कर्जाको ब्याजदरमा २ प्रतिशतसम्म छूट



काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले आफ्ना ऋणीहरुलाई असार मसान्तसम्मको कर्जाको ब्याज दरमा २ प्रतिशतसम्म छूट दिएको छ ।

फाइनान्सले कोभिड १९ को महामारीका कारण विश्व अर्थतन्त्रमा देखिएको मन्दी तथा नेपालमासमेत कोरोनाको असरबाट देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै सर्वसाधारण जनतालाई केही राहत होस भन्ने उद्देश्यले सम्पूर्ण कर्जाको ब्याज दरमा २ प्रतिशतले छूट दिइएको जानकारी दिएको हो ।

प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले वित्तीय संस्थाको यस कदमले देशको अर्थतन्त्र कमजोर रहेको अवस्थामा केही योगदान पुर्याउने प्रयास स्वरुप २ प्रतिशत ब्याजदर छुट दिएको बताए । सम्पूर्ण कर्जामा दिइएको २ प्रतिशत व्याजदर छूटबाट संस्थाप्रति ग्राहकको विश्वास, भरोशा तथा माया अझ प्रगाढ हुदैजाने फाइनान्सको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL