Logo

सिभिल बैंक र सेलपेबीच सम्झौता, बैंकका ग्राहकले सेलपेमार्फत रकम स्थानान्तरण गर्न सक्ने

सिभिल बैंक र सेलपेबीच सम्झौता, बैंकका ग्राहकले सेलपेमार्फत रकम स्थानान्तरण गर्न सक्ने



काठमाडौं । सिभिल बैंक र सेलपेबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुरुप ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट सिभिल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्ने छन ।

laxmi

ग्राहकले सेलपेमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिटान्स पठाउन(पाउन, बिमा रकम भुक्तानी, इएमआईलगायतका भुक्तानी गर्न सकिने बै.कले जानकारी दिएको छ ।

आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सम्झोता गरेको हो । उक्त सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिल कुमार पोखरेल र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । बैंकले ११३ शाखा, २ एक्सटेन्शन काउण्टर र ८५ एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL