Logo

सिभिल बैंकको शाखा नवलपरासीको सुनवलमा, शाखा संख्या १०९ पुग्यो

सिभिल बैंकको शाखा नवलपरासीको सुनवलमा, शाखा संख्या १०९ पुग्यो



काठमाडौं । सिभिल बैंकले नवलपरासीको सुनवलमा शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज समेत प्रदान गरेको बैंकले जानकारी दिएको छ । उक्त फ्रिज बैंकका संचालक समितिका सदस्य ढुंगानाद्वारा कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई हस्तान्तरण गरेका छन ।

कार्यक्रममा मेयर थापाले सुनवलमा शाखा स्थापना गरेकोमा बैंकलाई धन्यवाद दिँदै नगरवासीलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गरेका छन । साथै उनले आफुसँग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज प्राप्त गर्न समेत आग्रह गरेका छन ।

सोही अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले बैंकको सुनवल शाखाले सो क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका छन । साथै उनले सो क्षेत्रका अर्थतन्त्र उकास्नको लागी ब्यापार ब्यबसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

बैंकले ५२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्ब कर्जा लगानी गरेको छ । बैंकले १०९ शाखामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL