Logo

नेपाल इन्फ्रास्ट्रचर बैंकले ८ अर्ब बराबरको सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

नेपाल इन्फ्रास्ट्रचर बैंकले ८ अर्ब बराबरको सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब बराबरको सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । बैंकले १ सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर जारी गर्ने भएको हो ।

उक्त साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।

सेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन ।

बैंकको अधिकृत पूँजी ४० अर्व रुपैयाँ, जारी पूँजी २० अर्व रुपैयाँ र चुक्ता पूँजी १२ अर्व रुपैयाँ रहेको छ । भने सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्व रुपैयाँ पुग्नेछ । बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL