Logo

एनआईबिएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन, यसरी गर्नुस आवेदन

एनआईबिएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन, यसरी गर्नुस आवेदन



काठमाडौं । एनआइबिएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आजसमम मात्र आवेदन दिन सकिने छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रर्वद्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड” (बन्दमुखि योजना) को रु १ अर्ब रकम बराबरको १०,००,००,००० (दश करोड) इकाईहरु माघ २ देखि खुला भएको थियो ।

laxmi

अंकित मूल्य रु १० मा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा हालसम्म प्राप्त भएको विवरण अनुसार ४१,४६५ जना आवेदकहरुद्वारा १०,०५,९६,४८० इकाई खरिदका लागि आवेदन प्राप्त भएको र उक्त आवेदन मध्ये ४,६३९ आवेदकद्वारा माग भएको १,४४,९१,८०० इकाईको आवेदन रद्द भएको छ ।

यस बन्दमुखि योजनाको इकाई खरिदका लागि ‘मेरो सेयर’ मार्फत सजिलै आवेदन दिन सकिनेछ । साथै आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तिय सस्थाबाट समेत आबेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL