Logo

कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर, अस्पताल आउनेलाई सहज सुविधा उपलब्ध हुने

कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर, अस्पताल आउनेलाई सहज सुविधा उपलब्ध हुने



काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालमा प्रभु बैंक लिले सोमबारदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पताल परिसरमा सञ्चालनमा आएको सो काउन्टरको कोशी अस्पतालका प्रमुख सुपरिेन्डेन्ट डा. गुणराज लोहनीले एक समारोहका वीच उद्घाटन गरे ।

laxmi

कोशी अस्पतालमा सञ्चालित एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।


‘एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्फत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्याउने प्रण गर्दछ’, बैंकद्धारा जारी विज्ञप्तिममा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL