Logo

प्रभु ‘स्मार्ट फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन, कार्यालय समयसम्म आवेदन दिन सकिने

प्रभु ‘स्मार्ट फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन, कार्यालय समयसम्म आवेदन दिन सकिने



काठमाडौं । प्रभु क्यापिटलले बिक्री खुला गरेको ‘प्रभु स्मार्ट फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने छ । फागुन १८ गतेदेखि ‘प्रभु स्मार्ट फन्ड’ का इकाई बिक्री खुला गरेको हो ।

laxmi

यस क्यापिटलले प्रभु म्युचुअल फन्ड अन्तर्गत प्रभु स्मार्ट फन्डको कुल ८ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई १४ प्रतिशत अर्थात १ करोड १२ लाख र १ प्रतिशत अर्थात ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ ।

सर्वसाधरणले बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटलले उक्त इकाई १० रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याएको हो । यो १० वर्षे बन्दमुखी योजना हो ।

उक्त फन्डमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएको हुनुपर्नेछ । सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन् । प्रभु स्माट फन्ड प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको दोस्रो म्युचुअल फन्ड योजना हो ।

प्रतिक्रिया दिनुहोस्
MBL