Logo

सरकारले १० अर्ब ऋणपत्र जारी गर्ने, ८० प्रतिशत प्रतिस्पर्धीले लगानी गर्न सक्ने

सरकारले १० अर्ब ऋणपत्र जारी गर्ने, ८० प्रतिशत प्रतिस्पर्धीले लगानी गर्न सक्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
९ असार,काठमाडौं । सरकारले दाता सम्मेलनको दिन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।  चालू आर्थिक वर्षको चौथो पटक विकास ऋणपत्र जारी गर्न लागेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । असार १० गते  बैंकले जारी गर्न लागेको ऋणपत्रको ८० प्रतिशत प्रतिस्पर्धी  तथा  बाँकी २० प्रतिशत अप्रतिस्पर्धीले लगानी गर्न पाउने बताइएको छ ।

सरकारले खर्च गर्न नसकेपछि यो वर्ष आन्तरिक ऋण नउठाउने निणर्य गरेको थियो ।  तर, भूकम्पले  ७ खर्बको क्षाति पुगेकोले आगामी आर्थिक वर्ष पुननिर्माणका लागि मोटो रकम चाहिने भएकोले सरकारले चालू आवको वर्षान्तमा  ५२ अर्ब ७५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको हो । सरकारले हालसम्म २२ अर्ब रूपैयाँ बढीको आन्तरिक ऋणा उठाइसकेको छ ।
अहिले बैंकिङ प्रणालीमा ११४ अर्ब २१ करोड रुपैयाँ अधिक तरलता छ भने सरकार ७२ अर्ब ८९ करोड रुपैयाँ बचतमा छ ।
१५ अर्बको विकास ऋणपत्र, दुई अर्ब ३४ करोडको नागरिक बचतपत्र जारी गरिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL