Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै एनआईसी एशिया, एकैदिन ५ नयाँ शाखा विस्तार

शाखा विस्तारमा एग्रेशिभ हुँदै एनआईसी एशिया, एकैदिन ५ नयाँ शाखा विस्तार



काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौं लगायत अन्य स्थानमा एकैदिन ५ नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले बुधबार विभिन्न कार्यक्रमका साथ काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

laxmi

नयाँ शाखा कार्यालयहरुमध्ये मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमी शाखाको सोहि वडाका वडा अध्यक्ष ईन्द्र बहादुर प्रजापतिले, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको कृष्णहरि थापाले तथा सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोहि वडाका वडा अध्यक्ष कमल नाथ आचार्यले उद्घाटन गरेका हुन ।

यस्तै चद्रांगिरी नगरपालिका वडा नं. ११ सतुंगलचोक स्थित सतुंगलचोक शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीबाट तथा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ बारा स्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले उद्घाटन गरेका हुन ।

बैंकले हाल नेपालभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL