Logo

गोरखामा प्रभुको नयाँ शाखा, आइतवारदेखि कारोवार सुरु

गोरखामा प्रभुको नयाँ शाखा, आइतवारदेखि कारोवार सुरु


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१७ फागुन, गोरखा । प्रभु बिकास बैंकले गोरखामा नयाँ शाखा स्थापना गरेको छ ।

यससँगै बैंकको शाखा संख्या १ सय १२ पुगेको छ । शाखाको नेपाल राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणी ज्ञवालीले उद्दघाटन गरे । आइतवारदेखि नै सो बैंकको बैंकिङ कारोबार प्रारम्भ गरेको छ । सो अवसरमा ज्ञवालीले बैंकलाई बित्तीय कारोबार गाउँसम्म र्पुयाउन तथा कृषि क्षेत्रमा कर्जा लगानी गर्न आग्रह गरेका छन् । कृषि र पर्यटन क्षेत्रमा लगानी गरेमा बैंकले मुनाफा आर्जन गर्ने समेत जानकारी दिए ।

कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ईश्वरकाजी मास्केले गाउँसम्म बैंकको पहुँच पुर्याउन बैंकलाई आग्रह गरे । गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धब तिमेल्सेनाले दोस्रो व्यापारिक केन्द्र आरुघाट बजार, पालुङटार नगरपालिका, भच्चेक बजार क्षेत्रमा पनि बैंकको शाखा खोलेर गाउँलेहरुलाई सेवा दिनुपर्ने बताए ।

प्रभुले एटीएम सेवासहित गोरखामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकको हालसम्म १ सय ८ शाखामा एटीम सेवा सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL