Logo

जनताको नयाँ शाखा घोराहीमा, शाखा संख्या ३४ पुग्यो

जनताको नयाँ शाखा घोराहीमा, शाखा संख्या ३४ पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ माघ, काठमाडौं । जनता बैंकले आफ्नो ३४ औं शाखा कार्यालय दाङको घोराहीमा सञ्चालनमा ल्याएको छ । बिहीबार बैंक संचालक गुरुप्रसाद न्यौपाने र भिमान्द ढुंगानाले गरेका हुन् । सो शाखामा एटीएम पनि जडान गरिएको छ ।

उदघाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. रमेश भट्टराई, सहायक प्रमुख कार्यकारी अधिकृत प्रमोद बोहोरालगायत उपस्थित थिए । सो अवसरमा सीइओ भट्टराईले आगामी दिनमा ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा दिने बताए ।

बैंकले यसअघि माघ २५ गते रसुवाको टिमुरे र माघ ९ गते दार्चुलाको गोकुलेश्वरमा शाखा सञ्चालनमा ल्याएको थियो । हाल बैंकले ३४ शाखा, २ एक्सटेन्सन काउन्टर, २८ एटीएम र एक शाखारहित बैंकिंगमार्फत १ लाख १५ हजार ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL