Logo

दशैं र तिहारमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, १ दिनमा ४० पटकसम्म जम्मा गर्न पाइने

दशैं र तिहारमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, १ दिनमा ४० पटकसम्म जम्मा गर्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाउने सीमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा वृद्धि गरेको हो ।

राष्ट्र बैंकले दशैं तिहारको अवसरमा प्राकृतिक व्यक्तिको वालेटमा १ दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था गरेको छ । यसअघि १ दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो । यो व्यवस्था यही असोज १३ गतेदेखि असोज २१ गतेसम्म र कात्तिक ३ गतेदेखि १० गतेसम्मका लागि हो ।

‘प्राकृतिक व्यक्तिको वालेटमा १ दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा वडा दशैं र तिहारको अवसरमा उल्लिखित मितिभित्र प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढिमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गर्नुपर्ने छ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्