काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरण मैत्री अभियानलाई सशक्तबनाउने क्रममा काठमाडौं उपत्यकाको दुई स्थानहरू नारायणहिटी पथ र कमलादीस्थीत आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेशनहरू संचालनमा ल्याएको छ । गाडी चार्ज प्राइभेट लिमिटेडसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंलगनको क्षमता ४० किलोवाट रहेको छ ।
बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो चार्जिङ स्टेशनहरू शुभारम्भ गरेकाछन् । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वातावरणीय संरक्षणमा योगदान पुर्याउने उद्देश्यले इभी चार्जिङ स्टेशन स्थापना गर्ने रणनीति अघि सारेको र आगामी दिनमा सातै प्रदेश स्थीत आफ्नै भवनको प्रांगणमा चार्जिङ स्टेशनहरू स्थापना गरिनेकुरा समेत बताए ।
उक्त चार्जिङ स्टेशनहरू सर्वसाधारण, ग्राहक तथा इभी प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ । सिटिजन्स बैंकले आधुनिक प्रविधियुक्त चार्जिङ यन्त्रहरू जडान गरी ग्राहकहरूलाई सहज, सुरक्षित र छरितो सेवाप्रदानगर्ने लक्ष्य राखेको छ । यस अभियानले नेपालको दिगो ऊर्जा प्रयोग तथा प्रदूषण न्यूनीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।