Logo

राष्ट्र बैंकको एकिकृत निर्देशन : बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशनको समयसीमा थप

राष्ट्र बैंकको एकिकृत निर्देशन : बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशनको समयसीमा थप



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने समयसीमा थप गरेको छ। राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै यो व्यवस्था लागू गरेको हो।

नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले हरेक त्रैमासको अन्त्यपछिको १५ दिनभित्रमा प्रमुख वित्तीय परिसूचकहरू सहितको अन्तरिम (संक्षिप्त) वित्तीय प्रतिवेदन अनिवार्यरूपमा कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्नेछ। साथै, सो प्रतिवेदनको एक प्रति राष्ट्र बैंकको नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा पनि बुझाउनुपर्नेछ।

यसअघि उक्त विवरण त्रैमास सकिएको ७ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो। त्यस्तै, अब चौथो त्रैमासको संक्षिप्त वित्तीय प्रतिवेदन पनि आर्थिक वर्ष समाप्त भएको मितिले ३० दिनभित्र सार्वजनिक गर्नुपर्नेछ। यसअघि यो समयसीमा २१ दिन मात्र थियो।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This