काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। १७ औँ नगरसभाको दोस्रो बैठकले कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट अनुमोदन गरेको हो।
नगरसभाको पहिलो बैठक २९ असारमा बसेको थियो, जहाँ उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी थिइन्। सार्वजनिक बजेटअनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषबाट व्ययभार पर्नेछ भने ६५ करोड रुपैयाँ अन्य बाह्य स्रोतमार्फत खर्च हुने उल्लेख गरिएको छ।
संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र बजेट सार्वजनिक भइसक्नु पर्ने भए पनि आन्तरिक द्वन्द्वका कारण बजेट ल्याउन ढिलो भएको थियो। सो ढिलाइप्रति उपप्रमुख डंगोलले नगरवासीहरूसँग माफी समेत मागेकी छिन्।