Logo

नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने



काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आजबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गरेको हो । बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्काशन गरेको हो।

ऋणपत्रको कुल इकाइमध्ये ६० प्रतिशत अर्थात १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। सो मध्ये ५ प्रतिशत अर्थात ६० हजार इकाई सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

उक्त ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट अथवा सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन पनि दिन सकिने छ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा १२ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्काशन बन्द छिटोमा साउन १ गते हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा साउन १२ गतेसम्म बिक्री खुला गरिनेछ।

बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This