Logo

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव, विभिन्न कार्यक्रम आयोजना

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव, विभिन्न कार्यक्रम आयोजना



काठमाडौँ । महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले वित्तीय साक्षरता -याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

laxmi

यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङ्खला ३ लगायत विभिन्न कार्यक्रमहरु गरिएको छ । यस अवसरमा बैंकले विज्ञप्तिमार्फत आफ्ना शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते आठ शाखा कार्यालयहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत संकलन गरेको छ ।

स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । त्यस्तै केन्दि«य कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा जेष्ठ ५ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० बजेसम्म वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

बैंकले जेष्ठ ७ गते, सोमबार केन्दि«य, प्रादेशिक तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बंैकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

त्यसैगरि बैंकको केन्दि«य कार्यालय दरबारमार्गमा जेष्ठ ८ गते स्वास्थ्य शिविर र जेष्ठ ९ गते आँखा शिविर सञ्चालन गरिने भएको छ भने विगत २ बर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङ्खला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङखला ३) १६ टिमको सहभागितामा बैैंकले जेष्ठ २२, २३ र २४ गते सञ्चालन गरिनेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्ष देखि वित्तीय सेवा प्रदान गर्दै आएको बैंकका देशभर १०३ वटा शाखा कार्यालयहरु र ७ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL