Logo

कामना सेवा विकास बैक र इंगा शपिङ कम्प्लेक्सबीच सम्झौता, बैंकका ग्राहकलाई कम्प्लेक्समा १० प्रतिशत छुट

कामना सेवा विकास बैक र इंगा शपिङ कम्प्लेक्सबीच सम्झौता, बैंकका ग्राहकलाई कम्प्लेक्समा १० प्रतिशत छुट



काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित इंगा शपिङ कम्प्लेक्ससँग सम्झौता गरको छ । बैंकले आफ्नो ग्राहक र कर्मचारीलाई शपिङ कम्प्लेक्सका सेवामा विशेष छुटे दिनेसम्बन्धी सम्झौता गरेको हो ।

laxmi

उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तै कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुट सम्म प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL