Logo

ब्याजदर घट्दा कर्जा लगानी बढ्छ भन्ने धारणा सहि भएन : अध्यक्ष केसी

ब्याजदर घट्दा कर्जा लगानी बढ्छ भन्ने धारणा सहि भएन : अध्यक्ष केसी



काठमाडौं । ब्याजदर घट्दा कर्जा लगानी बढी हुने कुरा गलत साबित भएको नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबि बैंकका कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

laxmi

संघको नियमित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले हाल बैंकको औसत सीडी रेसियो ८१ प्रतिशत रहेको र यसले कर्जा दिन बैंकहरु सक्षम छन् भन्ने संकेत गर्ने बताउँदै ब्याजदर घट्दा कर्जा बढ्छ भन्ने तर्क सहि नभएको बताएका हुन् । सम्मेलनमा उनले हदबन्दीका कारण पछिल्लो समय बैंकमा गैर बैंकिङ सम्पत्ति बढेको बताएका छन् ।

‘‘पछिल्लो तथ्यांक अनुसार १९ अर्ब बढीको गैर बैंकिङ सम्पत्ति बैंकमा थुप्रेर बसेको छ, हदबन्दीले बैंकलाई काम गर्न असहज भएको छ, साथै खराब कर्जा पनि बढेको छ,’ उनले भने ।

पछिल्लो समय बैंकमा ५ खर्ब रुपैयाँ थुप्रेर बसेको बताउँदै अध्यक्ष केसीले अपेक्षाअनुसार कर्जाको माग नभएको बताएका छन् । अध्यक्ष केसीका अनुसार बैंकहरुले स्थानीय तहको निक्षेप बिना ब्याजदर राख्ने उद्देश्यले ७ सय ५२ वटा पालिकामा शाखा खोलेका छन् ।

करिव साढे १ वर्षअघि उच्च ब्याजदर भयो भन्ने थियो । अहिले निक्षेप र कर्जाको ब्याजदर घटिसकेको छ । औसत आधार दर नै ८.७७ प्रतिशतमा झरिसकेको छ । सबै कर्जाको ब्याजदर एकल अंकमा झर्ने बेला भइसकेको छ । अर्थतन्त्र चलायमान गर्ने क्षेत्रको कर्जाको ब्याजदर एकल अंकमा झरिसकेको छ,’ केसीले भने ।

त्यस्तै, अमेरिका, भारत लगायतका देशमा ब्याजदर बढ्ने क्रम रोकिए पनि घटिनसकेको केसीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
MBL