Logo

पवन गोल्यानलाई जिल्ला प्रशासनको झड्का, सीवीफिनमा विधान विपरित बनेको ‘प्रेसिडेन्ट अफ इमिरेट्स’ पद खोसियो

पवन गोल्यानलाई जिल्ला प्रशासनको झड्का, सीवीफिनमा विधान विपरित बनेको ‘प्रेसिडेन्ट अफ इमिरेट्स’ पद खोसियो



काठमाडौं । सीवीफिनका पूर्व अध्यक्ष पवन गोल्यानको ‘प्रसिडेन्ट अफ इमिरेट्स’ पद खोसिएको छ । गोल्यानले आफु पदमा बसिरहन सीवीफिनको विधान नै संशोधन गरेर संस्थामा प्रसिडेन्ट अफ इमिरेट्स बनाउने प्रधावधान राखेका थिए ।
सीवीफिनमा दुई कार्यकाल अध्यक्ष भएका गोल्यान एनएमबी बैंकको अध्यक्षबाट हटेसँगै दोस्रो कार्यकाल पुरा नगरी बाहिरिनु परेको थियो । दोस्रो कार्यकालको १ वर्ष मात्रै पुरा गरेर बाहिरिएका उनले आफु अध्यक्षबाट हटेपछि संस्थालाई आफ्नो पकटमा राख्दै आफ्नो स्वार्थ अनुरुप प्रेसिडेन्ट अफ इमिरेट्स हुने व्यवस्था गरेका थिए । सीवीफिनमा बैंक संचालक वा अध्यक्षबाट हटेपछि पदबाट स्वतः हट्ने कानूनी व्यवस्था छ ।

laxmi

संस्थामा अध्यक्षको कार्यकाल दुई वर्षको हुने भएपनि गोल्यानले आफ्नो प्रेसिडेन्ट अफ इमिरेट्सको कार्यकाल भने चार वर्षको राख्दै सोही अनुरुप पदभार ग्रहण गरेका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले विधान विपरित गैरकानूनी रुपमा पद सिर्जना गरेको भन्दै प्रेसिडेन्ट अफ इमिरेट्को व्यवस्था नै हटाएर ल्याउन चिठी काटेपछि गोल्यानको उक्त पद खोसिएको हो ।

‘पवन गोल्यानले आफु नजिकका झुण्डलाई रिजाएर आफु सधै पावरमा रहन प्रेसिडेन्ट अफ इमिरेट्स हुने व्यवस्था गरेका थिए, त्यो पनि चार वर्षसम्मलाई,’ सीवीफिनका एक सदस्यले भने, ‘आफु नजिकका झुण्डलाई रिजाएर गोल्यानले गरेको गैर कानूनी कार्यलाई जिल्ला प्रशासनले खारेज गरिदिएको छ ।’ सो विषयमा जिल्ला प्रशासनले आजै मात्रै सीवीफिनलाई पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL