Logo

आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स आयोजना हुँदै, बैंकिङ क्षेत्रमा देखिएका चुनौतिको सम्बोधन गर्ने

आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स आयोजना हुँदै, बैंकिङ क्षेत्रमा देखिएका चुनौतिको सम्बोधन गर्ने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले राबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४ आयोजना गर्ने भएको छ । ‘बैंकले दिगो बैंकिङ वृद्धिको लागि गुणस्तर’ का लागि बैंकले राबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४ आयोजना गर्न लागेको हो ।

laxmi

हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद बैंकिङ विज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्न बैंकले आगामी चैत ३ गते, शनिबार उक्त कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनको प्रमुख अतिथि रहेने छन । यसैगरी, अर्थविद् डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा पनि उक्त कार्यक्रममा उपस्थित हुने छन ।

यसैगरी, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, बैंकर्स परशुराम कुंवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ संजिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्य लगायतले आ–आफ्नो धारणा राख्ने छन । कार्यक्रममा डा. स्वर्णिम वाग्लेको कि नोट्स मन्तब्य हुने छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाको सभापतित्वमा सम्पन्न हुने कार्यक्रममा करिब ४५० जनाको उपस्थिति रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL