Logo

कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न

कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौँ । कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा मंगलबार राजधानीमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसावलगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

laxmi

उक्त साधारणसभाले आ.व. २०८०/०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सेयरधनीहरुले राखेको जिज्ञासाबारे जवाफ दिएका थिए । थकालीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको तथा चालु आ.व.मा बैंकले शेयरधनीहरुको अपेक्षा वमोजिमको लक्ष्य हासिल गर्ने बताए ।

उक्त सभामा उपस्थित शेयरधनीहरुलाई बैंक सञ्चालक समितिका सदस्य भिम प्रसाद तुलाचनले मन्तव्य मार्फत स्वागत गरेका थिए भने बैंकका कानुन विभाग प्रमुख डण्डपानी भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL