Logo

गभर्नरले भने, ‘अर्थमन्त्री र मबीच राम्रो सम्बन्ध छ, मौद्रिक नीतिको समिक्षा नगरेपनि केही फरक पर्दैन’

गभर्नरले भने, ‘अर्थमन्त्री र मबीच राम्रो सम्बन्ध छ, मौद्रिक नीतिको समिक्षा नगरेपनि केही फरक पर्दैन’



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको त्रैमासिक समिक्षा नगरेपनि केही फरक नपर्ने बताएका छन् ।

laxmi

पछिल्लो समय मौद्रिक नीतिको समिक्ष गर्न ढिलाई भएको भन्दै आम रुपमा बहस हुन थालेपछि गभर्नर अधिकारीले सो कुरा बताएका छन् । ‘मौद्रिक नीतिको समिक्षा नगरेपनि केही फरक पर्दैन तर हामी गर्छौं,’ नेपाल आर्थिक पत्रकार समाजको वार्षिकोत्सवमा बोल्दै उनले भने, ‘कतिपय साथिहरुले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा नगरेर आकासै खस्न लाग्यो जस्तो कुरा गरिरहनु भएको छ तर त्यसले कुनै असर पार्दैन ।’

यसैगरी बजारमा अर्थमन्त्री र गभर्नरबीचको नकारात्मक सम्बन्धले सेयर बजारका साथै अर्थतन्त्रमा नकारात्मक असर परेर भन्दै हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने काम भएको उनको तर्क छ । ‘अर्थमन्त्री र मबीच राम्रो सम्बन्ध छ त्यसमा कुनै शंका छैन,’ उनले भने, ‘अहिले मौद्रिक र वित्त नीतिमा असन्तुलन छैन तर अहिले नकारात्मक कुरा बढी गरेर वास्तविक विषयलाई पछि पार्ने काम भैरहेको छ ।’ विशेषगरी आफ्नो ख्याल नराख्ने अनि अरुको खेदो खन्ने प्रवृतिका कारण थप समस्या बढ्दै गएको समेत उनको तर्क थियो ।

विशेषगरी निजी क्षेत्रले पनि आफ्नो क्षमताभन्दा बढी कर्जा लिएका कारण अहिले समस्या आएको उनले जानकारी दिए । ‘निजी क्षेत्रले पनि नाफा मात्रै हेर्ने होइन । नाफा त हेर्नुहोस तर अत्यधिक होइन,’ उनले भने, ‘निजी क्षेत्रले सीमित नाफा लिएर काम गर्नुभयो भने मात्रै पनि अर्थतन्त्र चलायमान हुन्छ ।’ तर निजी क्षेत्र आफु जोगिनका लागि सबै नीति राम्रा हुँदा हुँदै पनि नराम्रो भनेर हल्ला फैलाएका कारण अहिले यो अवस्था निम्तिएको उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL