Logo

शाइन रेसुङ्गा बैंकले गर्यो लाभांश घोषणा, कति दिँदैछ ?

शाइन रेसुङ्गा बैंकले गर्यो लाभांश घोषणा, कति दिँदैछ ?



काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ११.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

laxmi

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले आफ्नो चुक्ता पुँजीको ४४ करोड ९८ लाख ७ हजार ७३७ रुपैयाँ बराबरको बोनस वितरण गर्ने घोषणा गरेको हो । यसेगरी, बैंकले २ करोड ३६ लाख ७४ हजार ९१ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।

बैंकको लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई बोनस सेयर वितरण गरिनेछ । गत वर्ष बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL