Logo

जग्गा धितो राखेर पाईने कर्जाको आकार बढ्यो, अब जग्गाको मूल्यको ५० प्रतिशतसम्म कर्जा पाईने

जग्गा धितो राखेर पाईने कर्जाको आकार बढ्यो, अब जग्गाको मूल्यको ५० प्रतिशतसम्म कर्जा पाईने



काठमाडौ । नेपाल राष्ट्र बैंकले जग्गाको मूल्यांकनमा पाईने कर्जाको अनुपात बढाएको छ । बिहीबार ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गर्दै राष्ट्र बैंकले अब रियल स्टेट कर्जा लोन टु भ्यालु रेसियो ५० प्रतिशत कायम हुने बताएको हो ।

laxmi

रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेर मार्केट भ्यालु बीचको अनुपात बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्ने निर्देशनमा उल्लेख छ । यसअघि यस्तो रेसिया ४० प्रतिशत मात्रै थियो ।

अर्थात कुनै जग्गा धितो राखेर कर्जा निकाल्नुपर्दा त्यो जग्गाको मूल्यको ४० प्रतिशतसम्म मात्रै कर्जा पाईने व्यवस्था भएकोमा अब ५० प्रतिशत अर्थात जग्गाको मूल्यको आधासम्म कर्जा उपलब्ध हुने भएको छ ।

तर, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी/परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL