Logo

सुनको कोटा २० किलो पुर्याउने राष्ट्र बैंकको तयारी, परिपत्र जारी गर्दै

सुनको कोटा २० किलो पुर्याउने राष्ट्र बैंकको तयारी, परिपत्र जारी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा २० किलो पुर्याउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हाल दैनिक १० किलो रहेको सुन आयातको कोटा बढाउँदै २० किलो पुर्याउन सिफारिस गरेपछि राष्ट्र बैंकले कोटा बढाउने तयारी गरेको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले आइतबार देखी सोमबारसम्म सुनको कोटा थप्न परिपत्र जारी गर्ने नेपाल राष्ट्र बैंकका सह प्रवक्ता डिल्लिराज पोखरेलले बताए । सुन आयात तथा विक्री वितरण कार्यविधिमा संशोधन गरेपछि सुन आयातको कोटा बढ्ने उनी बताउँछन ।

हाल दैनिक १० केजी सुनको आयात भइरहेको छ । अहिले भइरहेको आयातले बजारको माग धान्न नसक्ने भन्दै सुन व्यवसायीले कोटा बढाउन माग गर्दै आएका छन । यस अघि २०७८ फागुन २१ सम्म दैनिक २० किलो सुन आयात भइरहेको थियो । कोरोना महामारीको कारण फागुन २२ देखि १० किलोमा झारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL