Logo

सिद्धार्थ बैंक लगातार दोस्रोपटक ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन’ को अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लगातार दोस्रोपटक ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन’ को अवार्डबाट सम्मानित



काठमाडांँ । सिद्घार्थ बैंक लिमिटेड बैकिङ क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१÷२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ्ग क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन – गोल्ड अवार्ड बैंकलाई प्रदान गरेको हो ।

laxmi

सिद्धार्थ बैंक गत वर्ष पनि ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको थियो ।
उक्त अवार्ड शुक्रबार, काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरे ।

यस अवार्डले बैंकलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले जनाएको छ । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेशन अफ एकाउन्टेन्टद्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL