Logo

कुमारी बैंक र सीजी मोटर कोर्पका बीच सम्झौता, बैंकले सुजुकीको गाडी किन्न सजिलै कर्जा दिने

कुमारी बैंक र सीजी मोटर कोर्पका बीच सम्झौता, बैंकले सुजुकीको गाडी किन्न सजिलै कर्जा दिने



काठमाडौं । कुमारी बैंक र सीजी मोटर कोर्पका बीच सम्झौता भएको छ । बैंक र कोर्पबीच ग्राहकहरुलाई सुजुकी ब्रान्डका सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।

laxmi

सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारी साधनहरु खरिदका लागि कर्जा उपलब्ध गराउने छ ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकीका डिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंकबाट सजिलै बिजक मूल्यको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

सो कर्जा ८ वर्ष अवधीसम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ । कुमारी बैंकले ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL