Logo

सिटिजन्स बैंकले ल्यायो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजना, वैशाख ७ गतेसम्म लागू हुने

सिटिजन्स बैंकले ल्यायो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजना, वैशाख ७ गतेसम्म लागू हुने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।

laxmi

यस बैंकको बैशाख ७ गते वार्षिकोत्सव हुँदैछ । यसलाई लक्षित गर्र्दै बैंकले यहि वैशाख १ गतेदेखि वैशाख ७ गतेसम्म एक साताको लागि लागू हुने गरि बैंकका विभिन्न क्यास लेस कारोवारमा भारी छुट र क्यासब्यकलगायतका योजनाहरु सार्बजनिक गरेको हो ।

सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पीओएस मेसिन र अनलाईन मार्पmत एक हजार रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा दुई सय रुपैयाँसम्म क्यासब्याक दिइने छ । यसैगरी क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि पाँच सय रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा दुई सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL