Logo

क्रिप्टोकरेन्सीमा गरिने लगानीमा राष्ट्र बैंकको प्रतिवन्ध, लगानी गरेको भेट्टिए कारबाही

क्रिप्टोकरेन्सीमा गरिने लगानीमा राष्ट्र बैंकको प्रतिवन्ध, लगानी गरेको भेट्टिए कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रतिवन्ध लगाएको छ । नेपालमा यसअघि पनि प्रतिवन्धित क्रिप्टोकरेन्सीमा पछिल्लो समय झन लगानीको असुरक्षा बढेको भन्दै पुनः यससम्बन्धी निर्देशन जारी गरी प्रतिवन्ध लगाएको हो ।
नेपालले अन्य मुलुकसँग हुने पुँजीगत कारोबारमा नियन्त्रित व्यवस्था गरेको र नेपालबाट विदेशमा लगानी गर्न प्रतिबन्ध रहेको हुँदा क्रिप्टोकरेन्सीको कारोबारबाट उक्त व्यवस्थाहरुको बर्खिलाप हुने राष्ट्र बैंकको भनाई छ ।

laxmi

सोही अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रदान गरी नेपाल राष्ट्र बैंकले विभिन्न मितिहरुमा सार्वजनिक सूचना प्रकाशन गर्दै क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउँदै आएको छ ।

क्रिप्टोकरेन्सी कारोबारबाट देशलाई मात्र नभई सोमा संलग्न व्यक्ति लगानीकर्तालाई समेत विभिन्न जोखिमहरु रहने राष्ट्र बैंकको भनाई छ । क्रिप्टोकरेन्सीबाट समग्र आर्थिक सन्तुलन कायम नहुने जोखिम, वित्तीय स्थायित्व नहुने सम्बन्धी जोखिम, मौद्रिक नीति कार्यान्वयन नहुने सम्बन्धी जोखिम हुने राष्ट्र बैंकको भनाई छ ।

यस्तै यसबाट विदेशी विनिमय सञ्चितिमा नकारात्मक असर पन, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी बढ्नेलगायतका पनि असर देखिने राष्ट्र बैंकको भनाई छ । तसर्थ यसमा लगानी गरेको जानकारी पाए हदैसम्मको कारबाही गरिने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL