Logo

एभरेस्ट बैंकले प्युजो र सिट्रोन गाडी किन्नेलाई सहजै कर्जा दिने

एभरेस्ट बैंकले प्युजो र सिट्रोन गाडी किन्नेलाई सहजै कर्जा दिने



काठमाडौँ । प्युजो र सिट्रोन आधिकारिक विक्रेता साङ्ग्रिला मोटोर्स प्राइभेट लिमिटेडले विक्री गर्दै आएको गाडीहरूमा एभरेस्ट बैंकले कर्जा दिने भएको छ । बैंक र साङ्ग्रिला मोटोर्सबीच भएको सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरूमा खरिद गर्ने ग्राहकहरूले एभरेस्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्था बीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र साङ्ग्रिला मोटोर्स प्रा.लि.को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरूमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताको अनुसार, योजना सबै एभरेस्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ। अहिले एभरेस्ट बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना साङ्ग्रिला मोटोर्स प्राइभेट लिमिटेडको आधिकारिक बिक्रेता र एभरेस्ट बैंकका सबै शाखाहरूबाट नेपाल भरी लागु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL