Logo

एक बर्षमा १२ प्रतिशत मूल्यवृद्धिको आँकलन, तीन महिनामा १० प्रतिशत वृद्धि हुने अनुमान

एक बर्षमा १२ प्रतिशत मूल्यवृद्धिको आँकलन, तीन महिनामा १० प्रतिशत वृद्धि हुने अनुमान



काठमाडौं । नेपाली उपभोक्ताले आगामी १ बर्षमा १२ प्रतिशत मूल्यवृद्धि हुने अनुमान गरेका छन् । नेपाल राष्ट्र बैंकले, चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सार्वजनिक गर्दै यस्तो बताएको हो ।

laxmi

राष्ट्र बैंकका अनुसार ९२.३ प्रतिशत उत्तरदाताले आगामी १ वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । यस्तै ८४.६ प्रतिशत उत्तरदाताले आगामी ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् ।

यस्तै राष्ट्र बैंकले गरेको सर्वेक्षणमा तीन महिना पछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजको तुलनामा समान रहेको बताईएको छ ।

जसअनुसार सर्वेक्षणमा भाग लिएका उपभोक्ताले ३ महिना पछिको औसत र १ वर्ष क्रमशः १० र १२ प्रतिशत हुने बताएका हुन् ।
सर्वेक्षणमा खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबका ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको छ ।
गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले गएको पुष २४ देखि पुस ३० सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सर्वेक्षण सम्पन्न गरेको थियो । सर्वेक्षणमा २ हजार १० जना उत्तरदाताहरु सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL