Logo

२४ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, ६ महिनामा भित्रियो पौने ६ खर्ब

२४ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, ६ महिनामा भित्रियो पौने ६ खर्ब



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा यो आवको पहिलो ६ महिनामा रेमिट्यान्स बढेर ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ पुगेको हो ।

laxmi

गत आवको यहि अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो । चालु आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड डलर पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६ सय ४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५ सय ४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL