Logo

नेपाल बैंकका कर्मचारीबीचको व्याडमिन्टन प्रतियोगिता सम्पन्न, न्यौपाने र महर्जनले जिते सिंगलतर्फको उपाधि

नेपाल बैंकका कर्मचारीबीचको व्याडमिन्टन प्रतियोगिता सम्पन्न, न्यौपाने र महर्जनले जिते सिंगलतर्फको उपाधि



काठमाडौं । नेपाल बैंकले विभिन्न शाखाहरुका कर्मचारीबीचको व्याडमिन्टन प्रतियोगित सम्पन्न गरेको छ । बैंकले आफ्नो ८६औं बार्षिकोत्सवको अवसरमा काठमाण्डौ उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको हो ।

बैंक कार्तिक ३० गते ८६ औं बर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा आयोजित कर्मचारी मैत्रि व्याडमिन्टन प्रतियोगिता मिति २०७९ कार्तिक २५ र २६ गते आयोजना भएको थियो । प्रतियोगितामा पुरुष सिंगल तर्फ विष्णुहरि न्यौपाने र महिला सिंगल तर्फ रुपा महर्जन प्रथम भएका छन् ।

यस्तै पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम र महिला डवल तर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएको थियो ।

यस्तै, दोस्रो स्थानमा पुरुष सिंगल तर्फ ध्रुब दाहाल र महिला सिंगल तर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदि एवम् ध्रुव दाहालको समूह र महिला डवल तर्फ बन्दना शर्मा एवम् विद्या धिताल समुह थियो । कार्यक्रमको उद्घाटन नेपाल बैंकका संचालक समिति सदस्य विवेक राणाले गरेका थिए । कार्यक्रमको संयोजन एवम् व्यवस्थापन खेलकुद उपसमितिले गरेको थियो ।

नेपालभर २ सय २२ शाखाहरु, १ सय ९८ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्