Logo

चालू पुँजी कर्जामा राष्ट्र बैंकको कडाई, तोकियो २५ र ४० प्रतिशतको सीमा (मार्गदर्शन सहित)

चालू पुँजी कर्जामा राष्ट्र बैंकको कडाई, तोकियो २५ र ४० प्रतिशतको सीमा (मार्गदर्शन सहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी (वर्किङ क्यापिटल) कर्जामा कडाई गरेको छ । राष्ट्र बैंकले मंगलबार चालू पुँजी कर्जा सम्बन्धी नयाँ मार्गदर्शन जारी गर्दै कडाई गरेको हो ।

laxmi

राष्ट्र बैंकले नयाँ मार्गदर्शन अनुसार चालू पुँजी कर्जामा दुईथरी सीमा तोकेको छ । जसअनुसार फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोड वा सोभन्दा कम रकमको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालूपुँजी कर्जा सीमा कायम गर्नुपर्दछ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ । तर, इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको विभिन्न कारण आदिको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम ४० प्रतिशतले दिन कायम गर्न सक्नेछ ।

२ करोडमाथिको हकमा राष्ट्र बैंकले बार्षिक कारोबारको २५ प्रतिशतसम्म मात्र दिन सकिने ब्यवस्था गरिएको छ । यस्तो कर्जाको अवधि पनि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ भने कर्जा सीमा नवीकरणयोग्य हुनेछ ।

साथै बैंकले पर्मानेन्ट वर्किङ क्यापिटल निडको लागि कम्तिमा ५ बर्षको आवधिक प्रकृतिको ऋण दिनु पर्ने हुन्छ । चालूपुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण गरी आप्mनो चालू पुँजी कर्जासम्बन्धी नीतिबमोजिम गर्नुपर्नेछ ।

यस्तै चालू पुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण गरी आप्mनो चालू पुँजी कर्जासम्बन्धी नीतिबमोजिम गर्नुपर्दछ । तर निरिक्षणका क्रममा ऋण दुरुपयोग भएको पाइएमा त्यस्तो ऋण खराब कर्जामा वर्गीकरण गरेर असुली प्रकृयामा जानु पर्नेछ ।

[googleapps domain=”drive” dir=”file/d/1ipVi3hM42ZcdO-xzttG_vBymUfHMAetT/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL