Logo

यस रेमिटको इजाजतपत्र खारेज, कसैको लेनदेन बाँकी भए ३५ दिनभित्र सम्पर्क गर्न आग्रह

यस रेमिटको इजाजतपत्र खारेज, कसैको लेनदेन बाँकी भए ३५ दिनभित्र सम्पर्क गर्न आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘यस रेमिट प्रालि’को इजाजतपत्र रद्द गरेको छ । काठमाडौंको लैनचौरमा रहेको उक्त कम्पनीको इजाजतपत्र रद्द गरिएको हो ।

आइतबार राष्ट्र बैंक विदेशी व्यवस्थापन विभागले एक सुचना जारी गर्दै उक्त निर्णय भएको जानकारी दिएको छ । यसअघि उक्त कम्पनीले राष्ट्र बैंकसमक्ष आफ्नो अनुमतिपत्र रद्ध गराउन माग गरेको थियो ।

‘यस रेमिट प्रालि कामनपा २६, लैनचौर, काठमाडौंले सय बैंकबाट बिप्रेषण सम्बन्धी कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र रद्ध गरिपाउँ भनी पेस गरेको निवेदनउपर आवश्यक कारवाही भइ विदेशी मुद्रा कारोबार बन्द गर्ने सिलसिलामा सो कम्पनीले विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति संघरसंस्थासँग लेनदेन रकम बाँकी रहेको भए सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस विभागमा लिखित रुपमा जानकारी दिनहुन यो सुचना प्रकाशित गरिएको छ ।’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This