Logo

पोखराको लेकसाईडमा सिभिल बैंकको नयाँ एटीएम सञ्चालनमा, देशभर एटीएम संख्या ९९ पुग्यो

पोखराको लेकसाईडमा सिभिल बैंकको नयाँ एटीएम सञ्चालनमा, देशभर एटीएम संख्या ९९ पुग्यो



पोखरा । सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको समुद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गरेका हुन् ।

उक्त एटीएम काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले हालसम्म रु ९२ अर्व भन्दा वढी निक्षेप परिचालन गरी करीव रु ८८ अर्व कर्जा लगानी गरीसकेको सिभिल बैंकको यस एटिएमसहित एटिएम संख्या ९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This